‘ढिलो विहे गर्ने महिलामा बाँझोपनाको समस्या’

ललितपुर, २५ जेठ । ढिलो विहे तथा पटक पटक गर्भपतन गराएका महिलामा बाँझोपनाको समस्या देखिएको छ । ललितपुरको जावलाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरले आयोजना निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका महिलामा यस्तो समस्या देखिएको छ ।

सेन्टरले गत मंगलबार र बुधबार बृहत निशुल्क स्वास्थ्य शिविर राखेको थियो । सो शिविरमा २७५ जना महिलाले स्त्री रोग तथा प्रजनन स्वास्थ्य सम्वन्धी परीक्षण गराएका थिए । परीक्षण गराएकाहरु मध्ये करीब ५० जना(१८ प्रतिशत) महिलामा बाँझोपना सम्वन्धी समस्या देखिएको स्त्ररोग विशेषज्ञ डा नुतन शर्माले बताइन ।

उनले ढिलो बिहे गरेका, असुरक्षित गर्भपतन गराएका तथा पाठेघरको संक्रमण भएर समयमै उपचार नगराएका अधिकांस महिलाहरुमा बाझोपन सम्बन्धी समस्या देखिएको जानकारी दिइन ।

शिबिरमा इनफर्टिलिटि स्क्रिीनिङ्ग क्यान्सर स्क्रिीनिङ्ग, स्त्री रोगसम्बन्धी निशुल्क परीक्षण गरिनुका साथै चिकित्सकको सिफारिसमा बिरामीको रगत सम्बन्धी परीक्षण, पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच, टिभिएस, भिडियो एक्सरे समेत निशुल्क गरिएको थियो । बिरामीलाई आवश्यकता अनुसारको औषधी समेत सेन्टरले निशुल्क रुपमा बितरण गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *