नि:शुल्क स्वास्थ्य शिविरमा ४ सय बालबालिकाको स्वास्थ्य परीक्षण

महोत्तरी २१ जेठ । महदैयातपनपुरस्थित ओम एजुकेशनल प्वाइन्ट इङलिस बोर्डिङ स्कुल परिषरमा शनिबार राखिएको निशुल्क स्वास्थ्य शिविरमा चार सय बढी बालिबालिकाको निशुल्क स्वास्थ्य परीक्षण भएको छ ।

जनकपुर बालबालिका उपचार केन्द्र र ओम एजुशनल प्वाइन्ट इङलिस बोर्डिङ स्कुलनको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा आवश्यकताको आधारमा औषधि समेत निशुल्क वितरण भएको थियो ।

शिविर संयोजन गरेका जनकपुरस्थित जनकपुर बालिका उपचार केन्द्रका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा लबकुमार साहले बालबालिकाहरुमा निमोनिया, झाडापखला, लुतो घाउ खटिरा कुपोषण तथा सरसफाईको समस्या देखिएको बताए ।उनले बालबालिका तथा तिनका अभिभावकलाई स्वास्थ्य शिक्षा बारेमा समेत जानकारी गराएको बताए ।शिविरमा बोर्डिङ स्कुलका बालबालिका सहित स्थानीय अन्य बालबालिकाको समेत स्वास्थ्य परीक्षण भएको थियो ।

उपचारका लागि डा साहको नेतृत्वमा डा दिलिप यादव सहित बीरेन्द्र इस्टीच्युटका मंदिप यादव, राजु मण्डल, अमितकुमार यादव, श्यामनाथ गुप्ता, विश्व नाथ यादव चन्दन यादव लगायतका व्यक्तिहरुको उपस्थिति थियो । उनीहरुलाई स्कुलका प्रधानध्यापक बैद्यनाथ साह सहितको शिक्षकहरुको टोलीले सहयोग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *