उद्योगमन्त्री जोशीद्वारा स्वास्थ्य चौकीको भवन उद्घाटन

 

पाल्पा, २७ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले रामपुर नगरपालिका–२ पन्थेमा रहेको गाडाँकोट स्वास्थ्य चौकीको भवन उद्घाटन गरेका छन् ।

जोशीले स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै स्वास्थ्यको भौतिक पूर्वाधार सबैको साझा सम्पत्ति रहेको बताए ।

उनले भौतिक पूर्वाधारमा जीवन्त दिन स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउँदै भौतिक पूर्वाधार निर्माण भएर मात्र हुँदैन सेवालाई पनि ध्यान दिनुपर्ने बताए ।

जनप्रतिनिधिविहीन अवस्थामा दलीय संयन्त्रले ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारदेखि सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख उमाशङ्करप्रसाद चौधरीले स्वास्थ्य सेवा पु¥याउन भौतिक पूर्वाधारको महत्व ठूलो रहेको बताए ।

उन्नाइस कोठे दुई तले भवन बर्थिङ सेन्टरसहितको भवन एक करोड ७८ लाख ९८ हजार ६१७ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *