कोरियामा रहेका नेपालीले सेप्टेम्बर महिना देखि कोभिड खोप पाउने

काठमाडौँ, १० भदौ । दक्षिण कोरियामा रहेका सबै नेपालीले आउँदो सेप्टेम्बर महिनादेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । त्यहाँको सरकारले यही वर्षको अन्तिमसम्म कोरियामा रहेका सबै नागरिकलाई खोप लगाउने नीति बनाएपछि त्यहाँ रहेका नेपालीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका हुन् ।

कोरियामा अहिले ४० हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका छन् । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत काम गर्न गएका कामदार ३५ हजारभन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेशामा आवद्ध भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छ ।

सरकारले खोप लिन बाँकी व्यक्तिलाई घरबाटै फोन या इन्टरनेट प्रयोग गरेर आफू अनुकुलको समयमा खोप लिने समय मिलाउने ब्यवस्था मिलाएको बताएको छ ।

झन्डै ६ करोड जनसंख्या रहेको कोरियामा ५० वर्षभन्दा माथि उमेरकाले खोप लगाइसकेका छन् । यस्तै १८ वर्षदेखि ४९ वर्षसम्मका लागि भने गत हप्तादेखि खोप लगाउन सुरु भएको छ ।

अहिले देशभरका स्वास्थ्य चौकी, अस्थायी कोरोना खोप केन्द्रबाट दैनिक ७ लाख ३५ हजारभन्दा बढी डोज खोप लगाउने कार्य भइरहेको बताइएको छ । हालसम्म देशको कुल जनसंख्याको ३५ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको पनि कोरियाली स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले कोरियामा २० लाखभन्दा बढी विदेशी रहेकाछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *