जाँदा जाँदै प्रचण्डले गरे चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनित, कार्यकारी समितिमा पनि लगियो

892
Shares

काठमाडौँ, १ साउन । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चिकित्सा शिक्षा आयोगमा दुई जना सदस्य मनोनित गरेका छन् । उनले मनोनित गरेका ती दुई सदस्यहरुलाई आयोगको कार्यकारी समितिमा समेत सदस्य बनाएको बुझिएको छ ।

त्यसरी सदस्य हुनेहरुमा प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सकको रुपमा रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर प्राडा युवराज शर्मा र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमकी पूर्व सहायक डीन तक्मा केसी रहेका छन् ।

आयोगको अध्यक्षले रिक्त रहेको नागरिक समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट कम्तीमा एक महिलासहित दुई जना नियुक्त गर्ने व्यवस्था भए बमोजिम उनीहरुलाई नियुक्त गरिएको बताइएको छ ।

आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले दुई जना सदस्य मनोनित भएको पुष्टि गरे । कार्यकारी समितिमा मनोनित भएको भन्नेबारेमा भने आफूलाई औपचारिक जानकारी आई नसकेको बताए ।

स्रोतका अनुसार प्रचण्डले सदस्य नियुक्त गर्दै सोही दिन उनीहरुलाई सदस्य मध्येबाट कार्यकारी परिषदमा मनोनित गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *