सन्दर्भ : विश्व सुर्तीजन्य पदार्थ रहित दिवस

सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई कसरी बचाउने ?

100
Shares
– डा. अरुण शाही

आज मे ३१ तारिख, विश्व सुर्तीजन्य पदार्थ रहित दिवस । ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ’ भन्ने मुल नाराका साथ नेपालसहित विश्वभर यो दिवस मनाईदै छ ।

बालबालिका तथा किशोर किशोरीमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगको अवस्था कस्तो छ र सुर्ती उद्योगको प्रभाव कस्तो छ भनेर बुझ्नका लागि बास्तवमा यस वर्षको नारा नै काफी छ ।

खासगरी साथीभाइको लहलहै, अनुभवका लागि धेरै बालबालिका तथा किशोर किशोरीहरु अधिले धूमपानप्रति आकर्षित भइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बालबालिका तथा किशोर किशोरीहरुलाई धूमपान तथा सुर्तीजन्य पदार्थको लत बसाल्न सुर्ती उद्योगले के कस्ता हतकन्ठा प्रयोग गर्दछन् भन्ने उल्लेख गरेको छ ।

जस्तो कि,

  • स्वाद (फ्लेभर्स)– चेरी, स्ट्रबेरी, चकलेट लगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बेच्नु ।
  • ढाँचा (डिजाइन) – स्टिक्स, क्यान्डी, हुक्का जस्ता आकर्षक देखिने सजिलैसँग बोक्न तथा लुकाउन मिल्ने आकारमा बनाउनु ।
  • नभएको कुरा – सुर्ती उत्पादक कम्पनीले कहिल्यै नभएको अनुसन्धान तथा खोज जस्तै भेपिङ डिभाइसलाई लिन सकिन्छ । यो भन्दा चुरोट नै सफा तथा स्वास्थ्यका लागि कम हानिकारक छन् भनेर देखाउछन् । यी कुरामा पनि सत्यता छैन ।
  • व्यापारिक कुरा – समाजका चर्चित व्यक्तिहरु जस्तै सेलिब्रेटीलाई आफ्नो उत्पादनको विज्ञापन गराउने गर्छन् ।
  • सहज बिक्री स्थान– चुरोट तथा सुर्तीजन्य पदार्थलाई मीठो, गुलियो स्न्याक्स पाईने स्थानको नजिकै बिक्रिलाई राख्ने गरिन्छ । जसमा युवाको सहज पहुँच हुन्छ ।
  • चलचित्र – चलचित्रमा कलाकारले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको अथवा टेलिभिजनमा देखाएर युवालाई आकर्षित गर्ने प्रोपोगान्डा पनि गरिन्छ ।

त्यसैले  आम अभिभावक, बालबालिका स्वयंले यसबारे सचेत हुन जरुरी छ ।

किन भने डब्लुएचओको पछिल्लो तथ्यांकले विश्वभर १३ देखि १५ बर्ष उमेर समूहका ३ करोड ७० लाख बालबालिकाहरु सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ । ती मध्ये अधिकांशले विद्युतीय चुरोटको प्रयोग गर्दछन् ।

युरोपेली क्षेत्रमा गरिएको पछिल्लो सर्भेक्षणले १५ बर्ष उमेरका २० प्रतिशत बालबालिकाहरुले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको पाइएको थियो ।

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्था (टिनएज) बाट यसको सेवन सुरु गर्छन् । जति सानो उमेरका सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु गर्‍यो त्यति नै यसको गहिरो लत बस्ने संभावन रहन्छ ।

यही कारणले गर्दा युवाहरु चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु महत्वपूर्ण हुन्छ ।

म फेरी पनि भन्छु,

जो यसको प्रयोगकर्ता हुनुहुन्छ आजैका दिन देखि यसलाई त्यागिदिऔँ । जो प्रयोग गर्ने सोचमा हुनुहुन्छ त्यसलाई पनि आजैका दिन देखि त्यागिदिऔँ ।

किनभने, यसकै सेवनबाट हुने रोगका कारण विश्वमा प्रत्येक वर्ष ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ । नेपालमा मात्रै हरेक वर्ष ३७ हजार बढीले सुर्तीजन्य पदार्थको कारणले ज्यान गुमाउने गरेका छन् ।

सुर्तीजन्य पदार्थको सेवनले धेरै थरिका क्यान्सर (जिब्रो, फोक्सो, मुख, घाँटी आदिको), मुटु रोग, स्ट्रोक, फोक्सोसम्बन्धी रोग तथा अन्य स्वास्थ्य समस्या हुन्छ ।

यो वर्ष विश्व स्वास्थ्य संगठनले बालबालिकाहरुलाई सुर्ती उद्योगको प्रभावबाट जोगाउने विषयलाई प्राथमिकतामा राख्दै विश्वका ठूला प्रख्यात सुर्तीजन्य पदार्थ बेच्ने कम्पनीका विज्ञापन तथा मार्केटिङमा नफसी कुनै पनि सुर्तीजन्य पदार्थ तथा यसका उत्पादन (इ-सिगरेट, भेपिङ डिभाइस) स्वास्थ्यका लागि अति हानिकारक रहेको तथ्य बुझ्न तथा यसको प्रयोगलाई हतोत्साही पार्न, बालबालिका तथा युवालाई यसको सेवनमा निरुत्साहित पार्ने मुख्य उद्देश्य रहेको छ ।

#डा. शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अंकोलोजिष्टको रुपमा कार्यरत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *