अमेरिका आएको एकबर्ष नपुग्दै नेपाली नर्सको क्यान्सरबाट मृत्यु

8.8k
Shares

काठमाडौँ, १० फागुन । झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाली नर्स इनु योल्मोको न्युयोर्कमा निधन भएको छ ।

उनको आज बिहान ३ बजेर ३५ मिनेटमा न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्त मल्लले जानकारी दिए ।

ईलाम नाम्सालिङकी इनु योल्मो क्यान्सरले सिकिस्त भएपछि माउन्ट साइनाई अस्पतालमा आईसीयुमा राखिएको थियो । उनी जुलाईको दोश्रो साता अमेरिका आएकी थिइन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका आइसकेपछि उनी अमेरिकाको न्युयोर्कमा नर्सको रुपमा कार्यरत रहदै आएकी थिइन् । गत नोभेम्बरमा अत्यन्तै पेट दुखेपछि उनी अस्पतालमा चेकजाँचका लागि पुगेकी थिइन् ।

त्यसपछि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर शरीरको अन्य भागमा पनि फैलिसकेकाले उनलाई डाक्टरले बचाउन सकेनन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *