अमेरिका आएको एकबर्ष नपुग्दै नेपाली नर्सको क्यान्सरबाट मृत्यु

काठमाडौँ, १० फागुन । झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाली नर्स इनु योल्मोको न्युयोर्कमा निधन भएको छ ।

उनको आज बिहान ३ बजेर ३५ मिनेटमा न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्त मल्लले जानकारी दिए ।

ईलाम नाम्सालिङकी इनु योल्मो क्यान्सरले सिकिस्त भएपछि माउन्ट साइनाई अस्पतालमा आईसीयुमा राखिएको थियो । उनी जुलाईको दोश्रो साता अमेरिका आएकी थिइन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका आइसकेपछि उनी अमेरिकाको न्युयोर्कमा नर्सको रुपमा कार्यरत रहदै आएकी थिइन् । गत नोभेम्बरमा अत्यन्तै पेट दुखेपछि उनी अस्पतालमा चेकजाँचका लागि पुगेकी थिइन् ।

त्यसपछि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर शरीरको अन्य भागमा पनि फैलिसकेकाले उनलाई डाक्टरले बचाउन सकेनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *