स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश, डा. बसौला काममा फर्कदै
काठमाडौँ, २६ माघ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।
बोर्डका कार्यकारी निर्देशक डा बसौलाले बिहीबार (२५) माघमा दिएको रिटमा रिटमा आज भएको सुनुवाईमा यस्तो आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदश दिएको हो। साथै अन्तरिम अदेशका लागि छलफलमा बोलाइएको छ।
‘सर्बोच्चले अब गएर पूर्ववत रुपमा जिम्मेवारी सम्हाल्नु भनेको छ । अब पुन: जिम्मेवारी सम्हाल्छु,’ डा. बसौलाले भने ।
सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई माघ ९ गते वर्खास्त गर्ने निर्णय गरेको थियो। सरकारले यसअघि उनलाई तीन महिनाका लागि निलम्बन गरेको थियो। उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले निलम्बन रोकेको थियो।
गत बुधबार मात्रै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठलाई निमित्त कार्यकारी तोकेका थिए । बाहिरबाट मनोनित सदस्यलाई कार्यकारी अधिकार दिइएको भन्दै चर्को आलोचना समेत भएको थियो । यद्धपी डा. श्रेष्ठले हिजो दिउसो गएर निमित्तको कार्यभार सम्हाल्न थालेका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



