टेकु अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त

काठमाडौँ, ११ मंसिर । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार डा. बसौलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्।
यस्तै उक्त अस्पतालकी निर्देशक डा. मनिषा रावललाई सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र भक्तपुरको जिम्मेवारी दिइएको छ। यता सार्क क्षयरोग केन्द्रका निर्देशक डा. रोशन न्यौपाने वीर अस्पतालमा सरुवा भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



