बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

काठमाडौँ, १७ असोज । सुदूरपश्चिम प्रदेशको बझाङमा मंगलबार दिउँसो  तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले निशुल्क उपचार, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने निर्णय गरेको छ । ।

आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने निर्णय भएको हो ।

भुकम्पले पुर्याको क्षतीको बिषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको र ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भुकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । भुकम्पले बझाङ सहित आसपासमा गरि सयौं घरमा क्षति पुगेको छ ।

बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम आज पनि जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *