नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त

424
Shares

काठमाडौँ, १२ भदौ । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि महाप्रवन्धकको नाम सिफारिस समितिले महाप्रवन्धक छनौट गर्न मन्त्रिपरिषद्मा तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पनेरु सहित बहुदरमाई नगरपालिका–४, पर्साका उमेशप्रसाद गुप्ता र महालक्ष्मी नगरपालिका–८, ललितपुरका डा. राजकुमार थापाको नाम थियो । यी तीन मध्येबाट पनेरुलाई नियुक्त गरिएका हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको आइतबारको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस भएको हो ।

महाप्रवन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए । जसमा तीन जना छनौट भएका बाहेक सुर्यप्रसाद उपाध्याय, लोकेन्द्रबहादुर बलायर, टेकेन्द्र पन्त, जीन पौडेल, दिपेन्द्रकुमार देव र तेजप्रसाद दुलालले पनि उम्मेदवारी दिएका थिए । उनीहरुको भदौ आठ र १० गते भएको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तापछि तीन जना छनौट भएका हुुन् ।

नेपाल औषधि लिमिटेडले रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपुर्तिका लागि गत जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आव्हान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *