सांसद एवं मेडिकल कलेज सञ्चालक डा. शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

260
Shares

काठमाडौं, २६ साउन । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका सांसद एवं मेडिकल कलेज सञ्चालक डा. सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गोल्फुटारबाट पक्राउ परेका सांसद शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

यस्तै, पक्राउ परेका थप ७ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *