कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बू नियुक्त

काठमाडौँ, २६ साउन । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी निर्मला तावा लिम्बूलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लिम्बूले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समेत सोही मन्त्रालयको जिम्मेवारी पाएकी थिईन् । यस अघि उनले गत जेठ १७ गते पदबाट राजीनामा दिएकी छन् ।
जनता समाजवादी पार्टी कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलनमा रहेको छ । आज मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी भएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




