भेरी अस्पतालको मेसुको जिम्मेवारी डा पवनजंग रायमाझीलाई

576
Shares

काठमाडौँ, १८ साउन । भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा पवनजंग रायमाझीले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई भेरी अस्पतालको प्रमुखको जिम्मेवारी दिएका हुन् ।

डा रायमाझी यसअघि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक थिए ।

पछिल्लो समय भने उनलाई मन्त्रालय तानिएको थियो ।

उता भेरीमा डा बद्री चापागईं प्रमुख मेसुका रुपमा कार्यरत थिए। उनी त्यही बसेर काम गर्ने स्वास्थ्य सचिव डा रोशन पोखरेलले बताए । ‘नयाँ मेसु पठाएका छौँ । पुरानो मेसु पूर्ण रुपमा उपचार सेवामा फर्किनुहुन्छ,’ डा पोखरेलले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *