धरानमा एकैदिन १५४ जनामा डेंगी संक्रमण

120
Shares

काठमाडौँ, १४ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा एकैदिन १५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जेठ अन्तिम साता यता साउन १२ गतेसम्म २ हजार १९९ कुल संक्रमित रहेकोमा एकैदिन १५४ जना संक्रमित थपिएका हुन् ।

डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएर परीक्षण गराएकामध्ये झन्डै ६० प्रतिशतमा संक्रमण पुष्टि भएको धरान उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ ।

डेंगी नियन्त्रणका लागि उपमहानगरले स्वास्थ्य कार्यालयसँगको समन्वयमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइरहेको छ ।

नगरका २० मध्ये ११, १५, १६, १७ र १८ नम्बर वडा धेरै प्रभावित भएका छन् । जेठ २३ यता मात्रै धरानमा डेंगी संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *