धरानमा एकैदिन १५४ जनामा डेंगी संक्रमण

काठमाडौँ, १४ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा एकैदिन १५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जेठ अन्तिम साता यता साउन १२ गतेसम्म २ हजार १९९ कुल संक्रमित रहेकोमा एकैदिन १५४ जना संक्रमित थपिएका हुन् ।
डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएर परीक्षण गराएकामध्ये झन्डै ६० प्रतिशतमा संक्रमण पुष्टि भएको धरान उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ ।
डेंगी नियन्त्रणका लागि उपमहानगरले स्वास्थ्य कार्यालयसँगको समन्वयमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइरहेको छ ।
नगरका २० मध्ये ११, १५, १६, १७ र १८ नम्बर वडा धेरै प्रभावित भएका छन् । जेठ २३ यता मात्रै धरानमा डेंगी संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

