मनमोहन कार्डियोथोरासिक सेन्टरका फार्मेसी इन्जार्च मृत अवस्थामा भेटिए

4.5k
Shares

काठमाडौँ, २९ असार ।  महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

सेन्टरका फार्मेसी इञ्चार्ज ३५ वर्षीय अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेको थियो । घटनास्थलमा दुई पानाको ‘सुसाइट नोट’ भेटिएको छ ।

पारिवारिक स्रोतका अनुसार अस्पताल भित्रको फार्मेसीमा भएको बेथिति भएको र त्यसलाई रोक्न खोज्दा आफूलाई यो अवस्थामा पु र्‍याएको उल्लेख गरेका छन् ।
प्रहरीले यसबारेमा थप अनुसन्धान सुरु गरेको बताएको छ ।

यता परिवार र अस्पतालबीच ‘सुसाइट नोट’को विषयमा छलफल भएको बताइएको छ ।

यसैबीच प्रहरीले अस्पतालका प्रशासन प्रमुख भोजकुमार बस्नेत सहित छ जना कर्मचारीलाई सोधपुछको लागि नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *