सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा पुर्याइयो

108
Shares

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर पार्टी कार्यालय पेरिसडाँडा पुर्याइएको छ ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि परिवारले विहान ८ बजे नर्भिक अस्पताल पुर्‍याए पनि ८:३३ बजे चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *