मनाङ एयर दुर्घटना अपडेट : हेलिकप्टरमा सवार ६ जनाकै शव फेला

248
Shares

काठमाडौँ, २६ असार । मनाङ एयर दुर्घटनाग्रस्त क्षेत्रमा ६ जनाको शव फेला परेको छ । मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको छ । एक जनाको शव टुक्राटुक्रा अवस्थमा भेटिएको छ।

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक ५ जना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए-एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए । ५ जना मेक्सिकोका यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *