भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा.उज्जवल चालिसे नियुक्त

196
Shares

काठमाडौँ, १९ असार । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

क्यान्सर रोग विशेषज्ञ डा. चालिसे भक्तपुर अस्पतालमा नै कार्यरत थिए। यस अघि अस्पतालको कार्यकारी  निर्देशकमा डा. विष्णुदत्त पौडेल रहेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *