भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा.उज्जवल चालिसे नियुक्त

काठमाडौँ, १९ असार । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
क्यान्सर रोग विशेषज्ञ डा. चालिसे भक्तपुर अस्पतालमा नै कार्यरत थिए। यस अघि अस्पतालको कार्यकारी निर्देशकमा डा. विष्णुदत्त पौडेल रहेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




