जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई भवन बनाउन १३ रोपनी जग्गा उपलब्ध गराउने सरकारको निर्णय

152
Shares

 

काठमाडौँ, १५ असार । सरकारले जिल्ला आयुर्वेदन स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणका लागि १३ रोपनी ६ आना जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असार १२ गते बसेको मन्त्रिपरिषद्‍ बैठकका निर्णय आज सार्वजनिक गर्दे ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन्।

मन्त्री  शर्माले ललितपुर जिल्ला साविक झरुवारासी गाविसको ९ रोपनी ५ आना सरकारी जग्गा र ४ रोपनी १ आना सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी गराएकी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *