विशाक्त च्याउ खाँदा नौ जना बिरामी

काठमाडौँ, १३ असार । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन्। कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् ।
कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

