यूएन पार्कमा मर्निङवाक जानेलाई प्यासिफिकको निःशुल्क स्वास्थ्य परीक्षण

16
Shares

काठमाडौँ, ८ असार । के तपाईं बिहानको समयमा ललितपुरको यूएन पार्कमा मर्निङवाक वा योग गर्न जाने गर्नुभएको छ ? अब ललितपुरको यूएन पार्कमा मर्निङवाक वा योग गर्न जाँदा तपाईंले आफ्नो वजन, प्रेसर र दाँत तथा सामान्य स्वास्थ्य परीक्षण पनि निःशुल्क गर्न पाउनुहुनेछ।

ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले बुधबारदेखि बिहानको समयमा मर्निङवाकमा आएकाहरुका लागि निःशुल्क सामान्य स्वास्थ्य परीक्षण सेवा दिइरहेको छ।

क्लिनिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटका अनुसार मर्निङवाकमा आउने मानिसहरुलाई लक्षित गरी क्लिनिकले सामान्य स्वास्थ्य परीक्षण सेवा निःशुल्क दिइरहेको छ।

मर्निङवाक वा योग गर्न पुगेका मानिसहरुको ब्लड प्रेसरको अवस्था, सुगर परीक्षण, अक्सिजन लेभल, वजन र सामान्य दाँत परीक्षण सेवा निःशुल्क दिइएको डा रानाभाटको भनाइ छ।

निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दा बुधबार १३० जना र बिहीबार १०० जना भन्दा बढीले यी सेवाहरु लिएका छन्।

सामान्य स्वास्थ्य परीक्षण गर्न अस्पताल वा क्लिनिक नै पुग्नुपर्ने अवस्थामा क्लिनिकले मर्निङवाक तथा योग गर्न बिहानको समयमा निःशुल्क सामान्य स्वास्थ्य परीक्षण सेवा पार्कमै उपलब्ध गराइएको डा रानाभाटले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *