चट्याङ लागेर एक जना स्वास्थ्यकर्मीको मृत्यु

272
Shares

परासी, ६ असार । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका ५ बीरकोटमा रहेको बीरकोट आयुर्वेदिक औषधालयमा कार्यरत ४० वर्षीय कविराज निरीक्षक विनोद कोहार रहेका छन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवाका स्थायी बासिन्दा कोहार विदामा घर आएका थिए । मंगलबार खेतमा काम गरिरहेका बेला एक्कासी चट्याङ लागेको थियो ।

चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *