अबैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय पक्राउ

148
Shares

 

काठमाडौँ, ३२ जेठ । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।

‘नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ’, उनले भने ‘उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।’

पक्राउ पर्नेमा भारतको उधम सिंह नगरका सञ्जय विश्वास, कार्तिक सरदार, रवि विश्वास तथा भारत पिलिभितका ४६ वर्षीय राजेश विश्वास, ४५ वर्षीय सन्तोष सरकार, ४४ वर्षीय सुधान्सु हवल्दारी, र भुपेन्द्र पुरी रहेका छन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *