नेपाल मेडिकल कलेजको आकस्मिक बाहेक सबै सेवा बन्द

920
Shares

काठमाडौँ, ३१ जेठ । गोकर्णेश्वर नगरपालिका -९ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।

अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

जेठ २८ गते गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्त थैलीको शल्यक्रिया लागि भर्ना भएका थिए। उनको जेठ ३० गते उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त घटनालाई लिएर बिरामीका आफन्तले जेठ ३० गते (मंगलबार) बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै अस्पताल परिसरमा आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।

धितालको मृत्युपछि उनका आफन्तले अस्पताल परिसरमा नारा जुलुस, हुलहज्जत गरी अस्पताले तोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले जनाएको छ ।

यस्तो अवाञ्छित क्रियाकलापले स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी र कर्मचारीमाथि अपशब्द प्रयोग गरी नियमित सेवा प्रवाहमा बाधा पुगेको भन्दै अस्पतालको इमर्जेन्सी बाहेकको सेवा अवरुद्ध गरिएको प्रशासनले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *