पार्टीको स्वास्थ्य र खेलकुद विभाग सम्हाल्दै डा. तोसिमा कार्की

काठमाडौँ, १८ बैशाख । सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले पार्टीको दुईवटा विभागको प्रमुख बनेकी छन् । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले डा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद विभागको जिम्मेवारी दिएको हो ।
डा. कार्की यसअघि २० दिन स्वास्थ्य राज्यमन्त्री समेत बनेकी थिईन् । सोमबारको बैठकले ३६ वटै विभागको विभागीय प्रमुखहरु तोकेको छ । जसमा डा चन्दा कार्कीलाई गुनासो व्यवस्थापन विभाग, डा स्वर्णीम वाग्लेलाई अर्थ नीति विभाग, सुमना श्रेष्ठलाई शिक्षा विभाग दिइएको छ ।
हेर्नुहोस विभाग

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

