राष्ट्रपति पौडेल भारतमा उपचार गरि स्वदेश फिर्ता

88
Shares
आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण पछि राष्ट्रपति पौडेल

काठमाडौँ, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा झण्डै दुई साता लामो उपचार गरी हिजो स्वदेश फर्केका छन् ।

छातीको संक्रमण न घटेको भन्दै उनलाई थप उपचारका लागि गत ६ बैशाखमा भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार उपचारका लागि लगिएको थियो ।

त्यहाँ विभिन्न परीक्षण तथा उपचार पछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको र आइतबार डिस्चार्ज भएर सोही दिन राती नेपाल एयरलाईन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उपचारका लागि भारत जाँदा भने राष्ट्रपति पौडेललाई श्री एयरलायन्सको जहाज रिजर्भ गरी लगिएको थियो ।

चिकित्सकहरुले राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भए पनि अझै केही दिन आरामको जरुरी रहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *