रास्वपा सांसद् डा ढाकाकुमार श्रेष्ठ पद मुक्त, सभामुखले संसद्‍मा जानकारी गराउँदै

124
Shares

काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद् डा ढाकाकुमार श्रेष्ठ आजबाट पद मुक्त भएका छन्।

सांसद् डा श्रेष्ठ मंगलबारदेखि पद मुक्त भएको जानकारी केहीछिन पछि सभामुख देवराज घिमिरेले संसदमा जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

स्वास्थ्य मन्त्री बन्न पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै सांसद डा ढाकाकुमार श्रेष्ठले व्यापारी दुर्गा प्रसाईंसंग पैसा मागेको अडियो सार्वजनिक भएको थियो ।

सांसद् श्रेष्ठलाई व्यवसायी दुर्गा प्रसाईँसँग स्वास्थ्य मन्त्री बन्नका लागि पैसा मागेको अडियो सार्वजनिक भ‍एपछि रास्वपाले उनलाई पार्टीबाट निष्काशन गर्ने निर्णयसमेत गरेको थियो।

डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट व्यवस्थापिका संसदको प्रतिनिधि सभामा समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *