औलो रोगका लक्षण के हो ? कसरी जोगिने ?

आज विश्व मलेरिया दिवस । ‘शून्य मलेरिया प्रदान गर्ने समय : लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरि मनाइँदै छ ।
आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै विश्व औलौ दिवस मनाईँदै छ ।
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औलो) दिवस मनाइदै छ।
के हो औलो रोग ?
सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो।
यसका लक्षणहरु के के छन् ?
- १० देखि १५ दिनसम्म ज्वरो आउनु
- टाउको दुख्नु
- शरीरका भित्रि अंग सुन्निनु
- जोर्नी दुख्नु
- शरीरमा रगतको मात्रा कम हुनु
- थकित महसुस हुनु
औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निशुल्क छ।
औलोबाट बच्ने उपाय
औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ। त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरु अपनाऔ :
- झुल टाँगेर सुत्ने
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
- सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने
- लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
- लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने
लामखुट्टे नियन्त्रण गर्ने उपाय
- घर वरिपरि कार्यालय विद्यालयमा टायर खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने
- पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
- गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




