पछिल्लो चौबिस घण्टामा थप ९९ जनामा कोरोना संक्रमण, ५० जना संक्रमणमुक्त

44
Shares

काठमाडौँ, ३ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणमुक्त भई थप  ५० जना डिस्चार्ज भएका छन् ।

त्यस्तै, देशभर ३७७ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरु मध्ये ३७ जना संस्थागत आईसोलेसनमा, ११ जना आइसीयुमा र ४ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *