पछिल्लो चौबिस घण्टामा थप ९९ जनामा कोरोना संक्रमण, ५० जना संक्रमणमुक्त

काठमाडौँ, ३ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणमुक्त भई थप ५० जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, देशभर ३७७ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरु मध्ये ३७ जना संस्थागत आईसोलेसनमा, ११ जना आइसीयुमा र ४ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




