थप १०६ जनामा कोरोना संक्रमण, ७४ जना संक्रमणमुक्त

52
Shares


काठमाडौँ, ३० चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ५४१ जनाको पीसीआर र ९४७ जनाको एन्टीजेन गरी १ हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणमुक्त भई थप ७४ जना डिस्चार्ज भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

त्यस्तै, देशभर ४ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरु मध्ये २७ जना संस्थागत आईसोलेसनमा, १२ जना आइसीयुमा र ३ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *