थप १०६ जनामा कोरोना संक्रमण, ७४ जना संक्रमणमुक्त

काठमाडौँ, ३० चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ५४१ जनाको पीसीआर र ९४७ जनाको एन्टीजेन गरी १ हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणमुक्त भई थप ७४ जना डिस्चार्ज भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
त्यस्तै, देशभर ४ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरु मध्ये २७ जना संस्थागत आईसोलेसनमा, १२ जना आइसीयुमा र ३ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




