त्रिवि आईओएमको सहायक डीनमा प्राडा अभिमन्यु झा नियुक्त

224
Shares

काठमाडौँ, २५ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को सहायक डीनमा प्राडा अभिमन्यु झा नियुक्त भएका छन्।

त्रिवि कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले प्याथोलोजी विभागका प्रमुख समेत रहेका प्राडा झालाई सहायक डीनमा नियुक्त गर्ने निर्णय गरको हो ।

यसअघि गत भदौमै आईओएमकी डीन प्राडा दिव्यासिंह शाहले प्राडा झालाई सहायक डीन बनाउन कार्यकारी परिषद समक्ष सिफारिस गरेकी थिईन ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका प्राडा झाले शुक्रबार नै पदवहाली गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *