धूमपान तथा सुर्तीजन्य पदार्थविरुद्ध जनचेतना जगाउन ‘कुलत’ नाटक प्रदर्शन

144
Shares

काठमाडौँ, २० चैत ।  धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई रोकथामका लागि पहल गर्न भन्दै साझा अभियान नेपालले गत १७ र १८ चैतका दिन ‘कुलत’ नामक सडक नाटकको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्ती करकोष सचिवालयको बार्षिक कार्यक्रम अन्तरगर्त यो नाटक प्रदर्शन गरिएका हो ।

यो नाटक पाटन दरबारको महारानी पोखरी, जावालाखेलको सदर चिडियाखाना, ललितपुरको खोकना, शंखमुलक सुकुम्बासी बस्ती, नयाँ बानेश्वरको छक्कु बक्कु र कोटेश्वरको महादेवस्थानमा प्रदर्शन गरिएको लेखक तथा निर्देशक अमितेश शाहले बताए ।

नाटकमा कलाकारहरु अञ्जान शर्मा, राधा श्रेष्ठ, जगदीश अधिकारी, रोहित कार्की र सीता आचार्य लगायतले भाग लिएका थिए । नाटकमा करीव ५०० जना दर्शक सहभागिता भएको बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *