धूमपान तथा सुर्तीजन्य पदार्थविरुद्ध जनचेतना जगाउन ‘कुलत’ नाटक प्रदर्शन

काठमाडौँ, २० चैत । धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई रोकथामका लागि पहल गर्न भन्दै साझा अभियान नेपालले गत १७ र १८ चैतका दिन ‘कुलत’ नामक सडक नाटकको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्ती करकोष सचिवालयको बार्षिक कार्यक्रम अन्तरगर्त यो नाटक प्रदर्शन गरिएका हो ।
यो नाटक पाटन दरबारको महारानी पोखरी, जावालाखेलको सदर चिडियाखाना, ललितपुरको खोकना, शंखमुलक सुकुम्बासी बस्ती, नयाँ बानेश्वरको छक्कु बक्कु र कोटेश्वरको महादेवस्थानमा प्रदर्शन गरिएको लेखक तथा निर्देशक अमितेश शाहले बताए ।
नाटकमा कलाकारहरु अञ्जान शर्मा, राधा श्रेष्ठ, जगदीश अधिकारी, रोहित कार्की र सीता आचार्य लगायतले भाग लिएका थिए । नाटकमा करीव ५०० जना दर्शक सहभागिता भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

