‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन

52
Shares

बैतडी, २९ फागुन । बैतडीमा सञ्चालन भएको ‘गाउँघरमा चिकित्सक कार्यक्रम’बाट १ हजार २ बढी नागरिक लाभान्वित भएका छन् ।

विशेषज्ञ सेवा सहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्ठले जानकारी दिए । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।

अल्ट्रासाउन्ड सेवा, प्रयोगशाला सेवा लगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य चेकजाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ ।

सिगासको गाँजरी स्वास्थ्य चौकीमा २ दिनसम्म सञ्चालन भएको शिविरमा सात सय ८८ जनाले सेवा लिएका छन् । शिविरमा १५६ जनाले हाडजोर्नी, ११० जनाले भिडियो एक्सरे, १३१ जनाले नाक कान र घाँटी सम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँतसम्बन्धी समस्या भएका ९३ जना, १२ जनाले ईसीजी र ३२९ जनाले सामान्य चेकजाँच सेवा लिएका छन् ।

यसअघि जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गाउँघर चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ५०० जनाले सेवा लिएका लिएका थिए । अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिक सेवा पाउँदा खुशी पनि भएका छन् ।

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालेको हो । निकट भविष्यमै अर्को दुर्गम पालिकामा कार्यक्रम सञ्चालन हुने जिल्ला अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *