नारी दिवसको अवसरमा प्यासिफिक क्लिनिकमा ३० प्रतिशतसम्म छुट

148
Shares

काठमाडौँ, २६ फागुन । ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले नारी दिवसको अवसरमा विभिन्न सेवा छुट दिएको छ । क्लिनिकले एक सातासम्मका लागि छुट दिने निर्णय गरेको हो ।

क्लिनिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटका अनुसार क्लिनिकमा हुने प्रयोगशाला परीक्षणमा ३० प्रतिशत, यूएसजी र एक्सरेमा २५ प्रतिशतसम्म छुट दिइने छ ।

अन्तराष्ट्रिय नारी दिवसका अवसरमा फागुन ३० गतेसम्मका लागि छुट दिने निर्णय भएको उनले जानकारी दिए ।

एउटै छातामुनी धेरैभन्दा धेरै विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक सञ्चालनमा आएको हो । क्लिनिकमा बहुविशेषज्ञ सेवाहरु लिन सकिनेछ ।

क्लिनिकमा निसन्तान दम्पतिका लागि लक्षित गर्दै इनभिट्रो फर्टिलाइजेसन ९आइभीएफ०, डेन्टल, स्त्री तथा प्रसूति, फिजियोथेरापी, मधुमेह तथा थाइराइड, छाला, नाक, कान, घाँटी, बाल रोग, हाडजोर्नी तथा नसा, प्रयोगशाला लगायतका सेवाहरु रहेको छ ।

क्लिनिकमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकले ओपिडी सेवा दिनुका साथै आकस्मिक उपचार सेवाको समेत व्यवस्था रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *