बसन्तपुरमा ‘मिर्गौैला पदयात्रा’

काठमाडौँ, २५ फागुन । दिवसको अवसरमा ‘मिर्गौला पदयात्रा’ गरिएको छ। काठमाडौंको वसन्तपुरदेखि असन हुँदै पदयात्रा गरिएको हो।
महाराजगञ्ज चिकित्सा क्याम्पस, आरोग्य फाउण्डेसन लगायतको आयोजनामा उक्त पदयात्रा कार्यक्रम गरिएको हो।
मिर्गौला जस्तो जटिल र अति खर्चिलो रोगबाट बच्न सकिन्छ भन्ने सन्देशसहित पदयात्रा गरिएको मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहले बताइन्। समयमै खानपान र स्वस्थ जीवनशैलीमा ध्यान दिए मिर्गौला रोगबाट बच्न सकिने उनले बताइन्।

चिकित्साशास्त्र अध्ययन संस्थानको इन्टर्नल मेडिसिन अन्तर्गतका विद्यार्थीहरुले मिर्गौला रोग सम्बन्धी सचेतनामूलक नाटक समेत प्रदर्शन गरेका थिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 
