नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रार बने लीलानाथ भण्डारी

320
Shares

काठमाडौँ, १९ फागुन ।  नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रार पदमा लीलानाथ भण्डारी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त रजिष्ट्रारको रुपमा काम काज गर्ने गरी नियुक्त गरेको हो ।

जनस्वास्थ्य निरीक्षक रहेका भण्डारी टेकु अस्पतालमा कार्यरत थिए ।

परिषदमा यसअघि रजिष्ट्रार रहेका पुष्पराज खनालको चार वर्षे कार्यकाल गत १३ फागुनमा सकिएको थियो ।

रजिष्ट्रार पद रिक्त हुँदा दैनिक हुने शैक्षिक, प्रशासनिक तथा आर्थिक काममा समेत असर पुगेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *