वीर अस्पतालले सुरु गर्‍यो डिजिटल भुक्तानी प्रणाली, सेवाका लागि नगद बोकेर जानु नपर्ने

236
Shares

काठमाडौँ, १८ पुस । वीर अस्पतालमा सेवा लिनका लागि अब नगद रकम बोकेर जानु नपर्ने भएको छ । अस्पतालले सोमबार (आज) देखि डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकसंगको सहकार्यमा ल्याइएको यो नयाँ प्रणालीले अस्पतालमा अब टिकट काट्न, औषधि किन्न, भर्ना तथा अन्य परीक्षण लगायतका सेवा लिन सेवाग्राहीले क्यु आर कोड स्क्यान गरी फोन पे मार्फत रकम भुक्तानी गर्न सक्छन् ।

सोमबार अस्पतालमा आयोजित एक कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत प्राडा भुपेन्द्रकुमार बस्नेतले डिजिटल भुक्तानी प्रणाली शुभारम्भ गरे । उनले भने, ‘बिरामीहरुले अब नगद बोकेर अस्पताल आउनु पर्दैन। यहाँको टिकट काट्ने औषधि लिने, भर्ना हुने र अन्य परीक्षणका लागि अब फोन पे मार्फत रकम भुक्तानी गर्न सकिन्छ ।’

उनले यसले नगद पैसा चोरी हुने डर, लाइनमा बस्नुपर्ने झन्झट पनि कम हुने बताए ।

डा बस्नेतले अस्पताल सेवालाई पेपरलेस बनाउने तथा डिजिटलाइज्ड गराउने उदेश्य अन्तरगत यो सेवा सुरु गरिएको बताए ।

‘सरकारको यो वर्ष देखि इएमआर लागू गर्ने भएको छ । हामीले इएमआर गर्नका लागि फिजिविलिटी स्टडी गरेर मन्त्रालयमा पठाईपनि सक्यौँ । यो लागू गर्नका लागि हामीलाई यति पैसा चाहिन्छ भनेर । यस्तै हामीले गतवर्ष देखि नै अनलाइन टिकटिङको व्यवस्था गरयौँ । रिपोटिङ जाने बनायौँ । रिपोर्ट चाहि टिकट लिन आउँदा नाम दर्ता गरिएको मोवाइलमा रिपोर्ट जाने बनायौँ । यसैलाई थप सहयोग हुने गरी हामीले यसपटक क्युआरकोड सिस्टम सुरु गरेका हौँ,’ डा बस्नेतले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *