वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा सञ्जीवकुमार शर्मा नियुक्त

रिक्त रहेको दुई सिनेट सदस्य पदमा प्राडा झा र भट्टराईको नियुक्ति
184
Shares
– प्राडा सञ्जीवकुमार शर्मा प्याकुरेल

काठमाडौँ, ७ पुस । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्ष र रिक्त रहेको दुई जना सिनेट सदस्य पदमा नियुक्त गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका शिक्षामन्त्री भवानीप्रसाद खापुङले बुधबार प्राडा सञ्जीवकुमार शर्मा प्याकुरेललाई शिक्षाध्यक्ष पदमा नियुक्त गरेका हुन् । यस्तै मन्त्री खापङले बुधबार नै प्राडा निलम्बर झा र प्राडा नारायणप्रसाद भट्टराईलाई सिनेट सदस्य पदमा नियुक्त गरेका छन् ।

प्रतिष्ठान ऐनमा तीन जनाकै पदावधी पाँच वर्षको तोकिएको छ ।

‘प्रतिष्ठान ऐन २०४९ को दफा ११ (ग) र प्रतिष्ठानको नियमावली २०५५ को नियम ७ उपनियम १ बमोजिम उपकुलपतिको सिफारिसमा सहकुलपतिले प्राडा शर्मालाई ६ पुस देखि लागू हुने गरी ५ वर्षका लागि शिक्षाध्यक्ष पदमा नियुक्त गर्नु भएको छ,’ स्वास्थ्य मन्त्रीका स्वकीय सचिव मनोज लिम्बुले भने ।

उनले प्रतिष्ठानमा रिक्त रहेको दुई सिनेट सदस्यमा प्राडा निलम्बर झा र प्राडा नारायणप्रसाद भट्टराईलाई पनि संगसंगै नियुक्त गरिएको जानकारी दिए ।

‘उपकुलपतिको सिफारिसमा सहकुलपतिले ऐन २०४९ को दफा ७ को उपदफा १ को ढ बमोजिम उहाहरुलाई पनि पाँच वर्षका लागि नियुक्त गरेको हो,’ लिम्बुले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *