प्रतिस्पर्धीको उम्मेद्धारी खारेजीमा परेपछि नेपाल चिकित्सक संघको कोषाध्यक्षमा डा. प्रमोद जोशी निर्विरोध

प्रदेश १ को उपाध्यक्षका उम्मेद्धार भनिएका डा. पार्थ गुरागाईंको पनि छैन् मनोनयन्

काठमडौँ, ५ पुस । नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा कोषाध्यक्ष पदमा समेत द्धिपक्षीय प्रतिस्पर्धा नहुने भएको छ ।

यसअघि बरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेशका उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्ष पदमा समेत एकल उम्मेद्धार परेपछि ती पदमा उठेका उम्मेद्धारहरु स्वत निर्वाचित हुने अवस्थामा पुगेका थिए ।

संघको निर्वाचन समितिले आज सार्वजनिक गरेको उम्मेद्धारको प्रथम नामावली सूचीमा प्रगतिशील समूहबाट कोषाध्यक्षमा उम्मेद्धारी दिएकी डा अञ्जना महर्जनको नाम समावेश छैन् । उम्मेद्धार हुनका चाहिने योग्यता नपुगे पछि उनको नामावली हटाइएको समितिले जनाएको छ । समितिका अनुसार संघको पदाधिकारीमा उम्मेदवार हुनका लागि सदस्य लिएको सात वर्ष पुगेको हुनुपर्छ। महर्जनले सदस्य लिएको अवधि सात वर्ष पुग्न १६ दिन बाँकी नै रहेकाले उम्मेदवारी रद्द भएको हो।

डा महर्जनको उम्मेद्धारी खारेजीमा परेपछि सो पदमा प्रजातान्त्रिक समूहबाट उम्मेद्धार बनेका डा प्रमोद जोशी निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।

यसअघि वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित हुने पक्का भईसकेको छ ।

प्रदेश १ को उपाध्यक्ष भनिएका डा. गुरागाईँले उम्मेद्धारी नै दिएनन्

यसैबीच प्रदेश १ को उपाध्यक्षमा उम्मेद्धारी दिएका भनिएका डा पार्थ गुरागाईंले अन्तिम समयमा उम्मेद्धारी नै नदिएको खुलासा भएको छ । संघको निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको उम्मेद्धारहरुको सूचीमा उनको नाम छैन् ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानाले डा गुरागाईँको उम्मेद्धारी नै नपरेको बताए । उम्मेद्धारी दिन्छु भनेर त भन्नु भएको रहेछ । साथीहरुले पनि उम्मेद्धारी दिए भनेर भने तर मनोनयन गर्नु भएको रहेछन् ।

डा रानाले भने । यो संगै प्रदेश नं १ मा प्रगतिशील समूहबाट डा यज्ञराज खराल र लोकतान्त्रिक समूहका डा विपेश आचार्य बीच प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन समितिले कुल १९ पदका लागि ३९ जनाको उम्मेद्धारी प्रथम सूचीमा प्रकाशित गरेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्धारको प्रथम सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *