चिकित्सक संघ निर्वाचन : डा. बद्री रिजाल र डा. लिजन महर्जन निर्विरोध !
काठमाडौँ, ४ पुस । नेपाल चिकित्सक संघको आशन्न निर्वाचनका लागि आज भएको उम्मेद्धारी दर्ता प्रक्रियामा दुई जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुने भएका छन् । त्यसरी निर्विरोध हुनेहरुमा बरिष्ठ उपाध्यक्ष पदमा उठेका डा बद्री रिजाल र सह सचिव पदमा उठेका डा लिजन महर्जन रहेका छन् ।
एनएमए स्रोतका अनुसार बरिष्ठ उपाध्यक्ष र सह सचिव पदमा क्रमश डा रिजाल र डा महर्जनको मात्रै उम्मेद्धारी दर्ता भएको छ ।
प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानाले कुल १९ पदका लागि ४१ जनाको मनोनयन दर्ता भएको पुष्टि गरे । उनले अहिले मनोनयनको जाँचबुझ सुरु गर्न लागेको समेत जानकारी दिए ।
उनले मंगलबार उम्मेद्धारहरुको नामावली प्रकाशित गर्ने तयारी भएको बताए ।
सम्पर्क इमेल : [email protected]