ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित

काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।
शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक साधारण तथा सातौ अधिवेशनबाट नौ जना सदस्य सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा श्रीमती जन थापा क्षेत्री, डा गिता गुरुङ, डा रामनन्दनप्रसाद चौधरी रहेका छन् । यस्तै प्रविश नरसिंह रायमाझी, निभेषमान श्रेष्ठ, डा मोहनकुमार प्रसाई र डा मिनु चौधरी पनि निर्वाचित भएका छन् । यसैगरी डा राकेशकुमार साह र डा रमेशप्रसाद सिंह पनि निर्वाचित भएका छन् ।
चार वर्षका लागि निर्वाचित अब यिनै सदस्यहरुबाट अध्यक्ष, अस्पताल निर्देशक र अन्य उपसमिति संयोजक चयन हुनेछन् । त्यसका लागि अस्पतालले आगामी १० पुसको दिन तोकेको छ ।
विसं २०५२ सालमा स्थापित यस अस्पताल नेपालकै पहिलो निजी बाल अस्पताल हो ।
– ‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
कुल ७३ जना शेयर सदस्य रहेको यस अस्पतालमा सञ्चालक समितिमा आउनका लागि १६ जनाले उम्मेद्धारी दिएका थिए । तर दुई जनाले आफ्नो उम्मेद्धारी फिर्ता लिएपछि निर्वाचनमा १४ जना होमिएका थिए । त्यसमध्ये अधिकतम भोट ल्याउनेहरु निर्वाचित भएका हुन् ।

विसं २०५२ साल कृष्णाष्टमीको दिनमा नेपालको पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा स्थापित ईशान बाल नर्सिङ् होम प्रा.लि १५ बेडबाट शुरु भई हालको ईशान बाल तथा महिला अस्पताल प्रा.लिको रुपमा सेवा दिदै आएको छ ।
विगत २७ वर्षसम्म भाडाको घरमा उपचार सेवा दिइरहेको ईशानले गत बैशाख २४ देखि आफ्नै अत्याधुनिक भवनबाट सेवा दिईरहेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




