बर्दिया अस्पतालमा उपचार गर्ने ३३८ जना बिरामीले निशुल्क रगत पाए

120
Shares

बर्दिया, २८ मंसिर । बर्दिया अस्पतालले पछिल्लो चार महिनामा ३३८ जना बिरामीलाई निशुल्क रगत उपलव्ध गराएको छ ।

अस्पतालले आमा सुरक्षा सम्वन्धी कार्यक्रम अन्तरगर्तका ८३ जना र अन्य सेवाग्राही २५५ जना गरी कुल ३३८ जना सेवाग्राहीलाई निशुल्क रगत उपल्वध गराएको हो ।

अस्पतालमा यो कार्यक्रममा गत साउन देखि सुरु भएके हो ।

अस्पतालका मेडिकल सुपरीडेन्टन डा सुवास पाण्डेले पछिल्लो चार महिनामा निशुल्क रगतका लागि कुल ३ लाख ६३ हजार ६०० रुपैयाँ खर्च भएको बताए ।

उनका अनुसार साउन महिनामा ८२, भदौमा ८७ जना, असोज महिनामा ८८ जना र कात्तिक महिनामा ८१ जनालेले सुविधा लिएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको निशुल्क रगत कार्यक्रम अन्तरगर्त यो निशुल्क रगत वितरण भएको हो । अस्पतालमा रगत आवश्यक हुने विरामीले जिल्ला रेडक्रसको व्लड बैंकबाट निशुल्क रगत प्राप्त गर्नेछन् । व्लड बैंकले उपलव्ध गराएको रगतको सोधभर्ना प्रदेश स्वास्थ्य निर्देशनालयले गरिदिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *