नेपाली सेनाको खेल मैदानमा निशुल्क स्वास्थ्य शिविर गर्दै काठमाडौँ महानगर

68
Shares

काठमाडौँ, २८ मंसिर । आफ्नो २८ औँ दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आज र भोली नेपाली सेनाको खेल मैदान शहीद गेटमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली सेनासंगको सहकार्यमा हुने सो शिविर विहान १० देखि अपरान्ह ३ बजेसम्म चल्ने बताइएको छ ।

शिविरमा स्वास्थ्य सेवा लिन चाहनेहरुले विहान ८ देखि १२ बजेसम्म नाम दर्ता गर्न सक्ने बताइएको छ ।

शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक कान घाँटी रोग, नसा सम्वन्धी रोग, हाडजोर्नी रोग, छाला रोग, दन्त रोग, मानसिक रोग, फिजियोथेरापी आदि सेवा उलव्ध हुने महानगरले जनाएको छ ।

शिविरको उदघाटन अहिले विहान ९ : ३० बजे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्तरुपमा गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *