नशा च्यापिएका बिरामीका लागि ‘बरदान’ बनेको स्पार्क हेल्थ होम

काठमाडौँ, २५ मंसिर । पोखराका मिनकाजी श्रेष्ठ (६४) भुपू सैनिक हुन् । करीव तीन महिना देखि अघि उनलाई ढाड दुख्ने समस्या देखा पर्‍यो ।
त्यसपछि उनले उपचारका लागि डेढ दुई महिना पोखराकै अस्पतालहरुमा धाए, तर बिसेक भएन ।  त्यसपछि उनले आफ्नो परिवारसंग सल्लाह गरेर उपचारका लागि काठमाडौँ आउने निधो गरे ।

काठमाडौँ आए, नाम चलेका ठूला निजी अस्पतालमा गए । न्युरो तथा अर्थोपेडिक सर्जनहरुलाई देखाए । एमआरआई र एक्सरे गराए । रिपोर्टमा पाँच ठाँउमा नशा च्यापिएको भन्ने आयो । कोही डाक्टरले सर्जरी नै गर्नुपर्छ भने कसैले फिजियो थेरापीबाट हेर्न भने ।

आफ्नो केशमा आधुनिक र उत्कृष्ठ भनिएका अस्पतालका डाक्टरहरुको राय नै बाँझिएपछि उनले विकल्प खोजे र सम्झिए स्पार्क हेल्थ होम ।

‘मैले राजधानीमा आएर न्युरो र अर्थोपेडिक उपचारमा कहलिएका अस्पतालमा देखाएँ । सेकेण्ड ओपिनियन पनि लिएँ तर भने जस्तो भएन । चित्त बुझेन । त्यसपछि श्रीमतीसंग सल्लाह गरेर म यहाँ (स्पार्क) आएँ । गत ८ मंसिरमा आएको हुँ उपचार सुरु गरेको १५ – १६ दिन जति भयो । ७५ – ८० प्रतिशत ठिक भइसकेको अनुभव भएको छ । एकदमै सन्तुष्ठ छु । मेरा लागि एक हिसावले बरदान सावित भएको छ,’ स्पार्क हेल्थ होम परिसरमा घाम तापी रहेका श्रेष्ठले छोटो प्रतिक्रिया दिए ।

स्पार्क हेल्थ होममा उपचार गराईराखेका पोखराका ६४ वर्षीय मिनकाजी श्रेष्ठ

…………………………………………………………………..

करीव दश दिन अघि नयाँ बानेश्वर, मिलनचोक बस्ने विनोदकुमार साह (३९)ले अप्रत्यासित स्वास्थ्य समस्या भोग्नु पर्‍यो ।

बेलुका राम्रै सुतेका उनी विहान उठ्न खोज्दा उठ्नै सकेनन् । खुट्टा टेखिएन, न बस्न मिल्छ, न हिडन् मिल्छ । ढाडमा पनि असाध्य पिडा भयो । खासगरी बायाँ भागमा निकै दुखाई भयो ।

के गर्ने कसो गर्ने भए । तत्कालै उनले साथीहरुलाई आफ्नो समस्या सेयर गरे । एक जना साथीले स्पार्क हेल्थ होम गई डा अनिल महतोलाई भेट्नु भनेर सुझाव दिए ।

उनी सोही अनुसार स्पार्क पुगे र डा महतोलाई भेटे ।

‘डाक्टरले ढाडको नशा च्यापिएको भन्नुभयो । त्यसै दिन देखि नै उपचार सुरु भयो । अहिले समस्या नर्मल अवस्थामा आए जस्तो भइसकेको छ । सुरुमै म यहाँ आएर उपचार सुरु गरेकोले छिटो रिकभर भएको हो कि जस्तो पनि लाग्छ,’ खुशी भावमा उनले सुनाए ।

स्पार्कमा उपचाररत नयाँ बानेश्वरका विनोदकुमार साह

………………………………………………………………………………..

श्रेष्ठ र साह त उदाहरण मात्रै हुन् ।

प्राकृतिक चिकित्साको क्षेत्रमा बेग्लै पहिचान बनाएको कालिमाटीस्थित स्पार्क हेल्थ होमले श्रेष्ठ र साह जस्ता धेरै बिरामीलाई निको बनाएको छ ।
नशा च्यापिएर सर्जरी गर्न ठिक्क परेका थुप्रै बिरामीले प्राकृतिक उपचारबाट स्वास्थ्य लाभ गरेका छन् । निको भएका छन् ।

नेपालकै पहिलो प्राकृतिक चिकित्सक एवं स्पार्कका संस्थापक डा सुनिलकुमार पौडेल भन्छन्, ‘नशा च्यापिएर सर्जरी नगरी नहुँने भनिएका थुप्रै व्यक्तिहरु यहाँ आएर उपचार गरेर निको भएर फर्कनु भएको छ । पछिल्लो उदाहरण उहाँ श्रेष्ठ (नशा च्यापिएका बिरामी) कै केशलाई हेर्न सक्नुहुन्छ ।’

उनले नशा च्यापिने समस्याको करीव ९५ प्रतिशत कारण मेरुदण्डमा हुने समस्या भएको बताए । उनले ५ प्रतिशत मात्रै दुर्घटना, चोटपटक हुने बताए ।

उनी नशा च्यापिने ९५ प्रतिशत कारणको करीव ९५ प्रतिशत केश सर्जरी गर्न नपर्ने समेत दावी गर्छन् । उनले यस्ता केशलाई एकीकृत चिकित्सा पद्धतीबाट उपचार अगाडी बढाउनु पर्ने बताउँछन् ।

– डा. सुनिलकुमार पौडेल

‘व्यायम गर्ने कि, मसाज गर्ने कि, थेरापी गर्ने कि, अरु विधिहरु अपाउने कि ? यी सबै एकीकृत चिकित्सा पद्धतीमा पर्दछ । हामीले त्यहि विधि लागू गर्दछौँ र सफलता पाउँछौँ,’ उनले भने ।

‘कुनैपनि कारणले कुरकुरे हड्डी फुलिने र च्यापिने हुँदै गएमा यो फुस्केर मेरुदण्डको बीचबाट गएको नशामा अप्राकृतिक दवाव हुन्छ । तर यसलाई सर्जरी गरेर मात्रै ठिक पार्छुृ भन्ने गलत हो । थेरापी लगायतका एकीकृत चिकित्सा पद्धती यसको लागि बढी प्रभावकारी र उपयुक्त हुन्छ,’ उनले भने ।

स्पार्ककै फिजियोथेरापिष्ट डा अनिल महतो पनि सर्जरी गर्नै पर्ने भनिएका सयौँ विरामीहरुलाई आफूले थेरापीबाट निको बनाई पठाइएको दावी गर्दछन् ।

‘सबैभन्दा पहिले के कारणले नशा च्यापिएको हो त्यो थाहा पाउनु पर्छ । त्यसपछि लाइफस्टाइल मोडिफिकेसन र पोस्चरमा ध्यान दियौँ भने ती समस्याको सजिलै समाधान गर्न सकिन्छ,’ उनी भन्छन् ।

डा महतो पनि नशा च्यापिएको ९० प्रतिशत बढी केशलाई सर्जरी गर्न नपर्ने बताउँछन् । उनले चिकित्सकले सर्जरी गर्नै पर्ने भने पनि एक पटक फिजियोथेरापीमा गएर दक्ष फिजियोलाई देखाउन सल्लाह दिन्छन् ।

– डा. अनिल महतो

‘बेलुनमा पानी भरिएको जस्तो देखिने कुरकुरे हड्डीलाई मेरुदण्डको कडा हड्डीले निरन्तर दवाव दिएपछि फुटछ र त्यसले नजिकैबाट गएको मुल नशालाई असर गर्दछ । अनि हामीलाई दुख्न थाल्दछ । त्यसैले शारीरिक व्यायम देखि सुत्ने, उठ्ने हिडने बस्ने पोजिसन मिलाउन सकियो भने यी यस्ता समस्याहरु हुँदैनन र भएका पनि निको भएर जान्छन्,’ उनले भने ।

उनले आफूले भर्खरै हेरिरहेको साहको केशलाई उदाहरण दिदै भने, ‘उहाँको एमआरआईमा एल ४ एल ५ र एल ५ एस १ ठाँउमा चाहि नशा च्यापिएको थियो । त्यसको दुखाई खुट्टा तिर पनि गएको थियो । तर उहाँको त्यो समस्या पत्ता लागेपछि पोजिसन र पोस्चर केयरलाई ध्यान दिएर उपचार सुरु गरियो अहिले ठिक हुँदे गएको छ ।’

करीव तीन दशक देखि प्राकृतिक चिकित्सा विधिबाट उपचार सेवा दिदै आएको स्पार्कमा अहिले बिरामीहरुको भिड छ । नशा च्यापिएको तर सर्जरी गर्न पर्दैन कि भनेर फिजियोको लागि आउनेहरु र सर्जरी पछि फिजियो गर्न आउनेहरुको पनि भिड छ ।

‘यी भिड हामीले दिएको सेवाको प्रभावले थपिदै आएको हो,’ स्पार्कका निर्देशक रुपेश अधिकारीले टिप्पणी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *